बैजनाथ गाउँपालिकाद्वारा पशुपंक्षी पालक किसानलाई २५ लाख रुपैयाँ बितरण

शाख न्यूज    प्रकाशित: २०८०-४-६ गते   २८० पटक हेरिएको

नेपालगन्ज - बाँकेको बैजनाथ गाउँपालिकाले किसानसँग पालिका प्रमुख कार्यक्रम अन्तर्गत पशुपंक्षी पालक व्यवसायीहरुलाई नगद सहयोग गरेको छ । 

बैजनाथ गाउँपालिमा दर्ता भएका पशुपंक्षी पालक किसानहरुलाई ७० प्रतिशत अनुदान अन्तर्गत पालिकाका ८ वटै वडाका ३१ जना किसानलाई गाउँपालिका प्रमुख प्रकाश बहादुर शाहीले जनही ८३ हजार १ सय ७७ रुपैयाँ गरी २५ लाख ७८ हजार ४ सय रूपैया प्रत्येक वडामा गएर बितरण गरेका हुन् । 

अनुगमन मुल्यांकनको आधारमा छनौट भएका बङ्गगुर, लोकल कुखुरा, गाई-भैंसी र बाख्रापालक किसानहरूलाई बितरण गरिएको हो ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech