प्रथम जननिर्वाचित प्रधानमन्त्री स्व. विपीको ४१ औं स्मृति दिवस नेपालगन्जमा मनाइयो

शाख न्यूज    प्रकाशित: २०८०-४-६ गते   ३६४ पटक हेरिएको

बाँके ०६ साउन - नेपाली काँग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री स्व. विश्वेश्वरप्रसाद कोइरालाको ४१  औं स्मृति दिवस नेपालगन्जमा मनाइएको छ । 

नेपाली कांग्रेस बाँकेद्वारा नेपालगन्ज स्थित विपी चोकमा जननेता कोइरालाको सालिकमा शनिबार विहान माल्यार्पण गरी स्मृति दिवस मनाइएका हुन  । 

माल्यार्पण कार्यक्रम उद्घाटन गर्दै प्रमुख अतिथि तथा नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडलेले वीपी विचार र मार्गदर्शनलाई कांग्रेसले आफ्नो पार्टी जीवनमा अबलम्बन गर्दै समुन्नत मुलुक निर्माणको अभियानमा जुट्नुपर्ने बताएका छन् । 

सचिव सुधांशु कोइरालाले सञ्चालन गरेको माल्यार्पण कार्यक्रममा पूर्व पार्टी सभापति एवम् पूर्व मन्त्री गजेन्द्रबहादुर हमाल, संविधानसभा सदस्य एवम् लुम्बिनी प्रदेशका सांसद बादशाह कुर्मी, संविधानसभा सदस्य अब्दुल हमिद सिद्दिकी (भोला), पदाधिकारी, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, भ्रातृ तथा सुभेच्छुक संगठनका प्रमुख लगायत नेता कार्यकर्ता लगायतको उपस्थित थियो ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech