मदरसामा अध्ययनरत छात्राहरुलाई छात्रवृत्ति वितरण  

शाख न्यूज    प्रकाशित: २०८०-३-३० गते   ५१२ पटक हेरिएको

प्रेम सिंह एस.के.
नेपालगन्ज ३० असार - बाँकेको नेपालगन्ज उपमहानगरपालिका  वडा नं. २२ मुन्डापुर्वा स्थित जामिया मोईनिया बादरुल उलुम मदरसाको आयोजनामा छात्रवृत्ति वितरण  गरिएको हो । २०६३ सालमा तत्कालिन जिल्ला शिक्षा कार्यालय बाँकेबाट अनुमति प्राप्त गरि २०६४ साल देखि निरन्तर रुपमा  सञ्चालित सो मदरसामा नेपाली, अङ्ग्रेजी, गणित, विज्ञान, उर्दु र अरबीका विषयहरु पढाइ भईरहेको छ । सो मदरसामा १ देखि ३ कक्षा पढ्ने १ सय ८ जना विद्यार्थी अध्ययनरत छन् ।

No description available.No description available.

मदरसाका प्रधानाध्यापक वि.वि. हाजरा नाँउले मदरसा भनेकै खासमा मुस्लिम समुदायको अरबी र उर्दु भाषामा अध्ययन र तालीम दिने शैक्षिक संस्था रहेको बताएकि हुन । मदरसामा अध्ययनरत बालबालिकाको भविष्य सुधारमा अभिभावकको अहम भूमिकाभएकोले समय, बालबालिकाको उमेर र उनिहरुमाथि गरिने लगानीमा ध्यान दिन सबैसंग नाँउले आग्रह समेत गरिन् । सो मदरसामा मुस्लिम समुदायका बालबालिका गरिब र असहायकै छोराछोरी अध्ययन गर्दै आएका छन् । 

उनले भनिन् - ''बिजुली बत्ति, भौतिक पूर्वाधार संरक्षणका लागि पर्खालको व्यवस्थापन, खेलकुद तथा शैक्षिक सामाग्रीको व्यवस्था, शौचालय निर्माणका लागि सहयोग ,  शिक्षक ब्यवस्थापन, पोशाक अनुदान दिने व्यवस्था गरिदिए पठनपाठनमा सहज हुने थियो ।'' सरकारले अहिले मदरसालाई राहत शिक्षक, छात्रवृत्ति र पाठ्यक्रम खरीदका लागि राहत अनुदान उपलब्ध गराउँदै आएको छ । त्यसैक्रममा उक्त मदरसामा अध्ययन गरिरहेका ७५ जना छात्राहरुलाई ४ सय रुपैयाका दरले  शनिबार छात्रवृत्ति बितरण गरिएको हो । 

सो अवसरमा मदरसाका बालबालिका, शिक्षक शिक्षिका, कर्मचारी  अभिभावक लगायतको उपस्थिति रहेको थियो । हाल ३ शिक्षिका, २ शिक्षक र १ जना महिला कार्यालय सहयोगी गरि ६ जना रहेका छन् । सो मदरसाको व्यवस्थापन समितीको अध्यक्ष जाफर अलि नाँउ रहेका छन । 

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech