बाँकेमा ६ महिला र ५ पुरुष गरि ११ जना थपिए

शाख न्यूज    प्रकाशित: २०७७-५-१३ गते   ३२२ पटक हेरिएको

बाँके १३ भदौ - शनिबार बाँके स्थित भेरी अस्पताल नेपालगन्जको कोभिड प्रयोगशालामा पीसिआर परीक्षण गर्दा बाँकेका ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ७ का ८८ वर्षिय पुरुष , ६२ वर्षिय पुरुष, त्यसैगरी १७ , २२ , ३८ वर्षिय महिला  रहेका छन् । वडा नम्बर २ का १२ वर्षिय एक बालिका, वडा नम्बर २ कै २५ वर्षिय महिलामा पुष्टि भएको स्वास्थ्य कार्यलय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।  नरैनापुर गाउँपालिका वडा नम्बर ५ का ५५ वर्षिय महिला, जानकि  गाउँपालिका वडा नम्बर १ का २३ वर्षिय पुरुष रहेका छन ।  साथै माछापुच्छ्रे बैंकका कर्मचारी  ३० वर्षिय पुरुष र तुल्सिपुर वडा नम्बर १३ दाङका ४७ वर्षिय पुरुषमा कोरोना पुष्टि भएको श्रेष्ठले बताउनुभयो ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech