नेपालगन्ज - वैवाहिक वर्षगाँठको अवसरमा नेपालगन्जको मानव सेवा आश्रमलाई सहयोग गरिएको छ । पछिल्लो समय वैवाहिक वर्षगाँठ, जन्मदिन , जस्ता उत्सव मनाउने चलनमा सकारात्मक परिवर्तन देखिन थालेको छ । जसले गर्दा बिभिन्न उमेर समुहका मानिसहरु सामाजिक कार्यका साथै आश्यकता अनुसार सघंसस्थाहरुलाई सहयोग गरि मनाउन थालेका छन् ।
नेपालगन्जका एक दम्पतीले आफ्नो बैवाहिक वर्षगाँठको अवसरमा मानव सेवा आश्रममा फिल्टर जडान लगायत का कार्य गरेका छन् । नेपालगन्ज उपमहानगरपालिका -४ गणेशपुर निवासी जागेश्वर बस्नेत र संगम रावत बैरागी बस्नेत दम्पतीले मंगलबार आफ्नो १२ औं वर्षगाँठको अवसरमा आश्रममा रहेकाहरुका लागि औषधी, फिल्टर, मिष्ठान र कपडा सहयोग गरेका छन् ।
नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य शाखामा कार्यरत जनस्वास्थ्य निरीक्षक बस्नेतले सामाजिक कार्य गर्नुपर्ने सोंचका साथ आफुले सहयोग स्वरूप फिल्टर लगायतका सामाग्रीहरु आवश्यक भएकालाई दिनुपर्छ भनेर सहयोग गरिएको बताए । बस्नेत दम्पतीले आश्रमलाई आठ हजार बराबरको औषधी, २४ हजार बराबरको फिल्टर र केही कपडाहरु सहयोग प्रदान गरेको हो । यसरि आफ्नो बैवाहिक वर्षगाँठको अवसरमा मानव सेवा आश्रम लाई सहयोग गर्न पाउँदा खुसि भएको उनले बताएका छन् ।
अनावश्यक खर्च गरी वर्षगाँठ मनाउनुभन्दा वैवाहिक वर्षगाँठ, जन्मदिन जस्ता अन्य खुशियाली असहाय, अशक्त, दीनदुःखीलाई आश्रय दिएको मानव सेवा आश्रममा मनाउन समेत बस्नेतले आग्रह गरेका छन् । सो अवसरमा गरिएको कार्यक्रममा मानवता नेपालका सुमन गिरी, केपी घिमिरे, नरेश श्रेष्ठ र लभकुश यादव लगायतको उपस्थिति रहेको थियो ।
बस्नेत दम्पतीले बिवाह उत्सवका अवसरमा प्रत्येक वर्ष यसरी नै निरन्तर समाजिक कार्य गर्दै आएका छन् । उनले कोराना महामारीका वेला नेपालगन्जमा कोरोना नियन्त्रण कार्यमा समेत सक्रिय भुमिका निर्वाह गरेका थिए । आश्रममा हाल रहेका ४५ जना बृद्धबृद्धाहरुमध्ये ४० जना मानसिक समस्याले ग्रसित छन् ।