लेनदेन मुद्दाका फरार अभियुक्त पक्राउ

शाख न्यूज    प्रकाशित: २०८०-३-२८ गते   ४४९ पटक हेरिएको

नेपालगञ्ज - बाँके प्रहरीले लेनदेन मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

लेनदेन मुद्दामा फरार नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १७ का ४५ वर्षीय राजेन्द्र जैसवार कुर्मी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । कुर्मीलाई बाँके जिल्ला अदालतको २०७९ माघ १३ गतेको फैसलाले लेनदेन मुद्दामा बिगो बापत १ बर्ष कैद सजाय सुनाएको थियो ।

त्यसयता फरार कुर्मीलाई बाँके प्रहरी टोलीले पक्राउ गरी जिल्ला अदालतमा बुझाएको जनाएको छ ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech