लागूऔषध ब्राउनसुगर सहित राप्तिसोनरिका २ जना पक्राउ

शाख न्यूज    प्रकाशित: २०८०-३-२४ गते   २७३ पटक हेरिएको

इश्वरी के सि 

बाँके - बाँकेको राप्तिसोनारी गाउँपालिकाबाट लागूऔषध ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् ।

ईलाका प्रहरी कार्यालय धामपुरको टोलि र ट्राफिक प्रहरी को संयुक्त टोलिले बाइक चेकजाँच गर्दा १ ग्राम भन्दा बढी अवैध लागूऔषध ब्राउनसुगर सहित राप्तिसोनारी गाउँपालिका  वडा नं. ३ र  ५ का  दुई जना युवा पक्राउ परेका छन्  । 

गोप्य सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको बरिष्ठ प्रहरी नायब निरीक्षक लक्ष्मी प्रसाद आचार्य ले बताएका हुन् । 

आइतबार दिउँसो उनीहरुलाई  पक्राउ गरि थप अनुसन्धान भईरहेको प्रहरी हवल्दार टेकेन्द्र सिंह ठकुरी ले जानकारी  दिएका छन । 

घटनाका सम्बन्धमा इलाका प्रहरी धामपुरले थप अनुसन्धान गरिरहेको  छ ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech