सुर्खेत १३ भदौ - कोरोना भाइरस(कोभिड–१९) को उच्च जोखिममा रहेका अभिभावकहरु आर्थिक संकटमा परेको बेला कक्षा ११ का विद्यार्थीका लागि आदिम कलेज काठमाडौं ले छात्रवृत्ति प्रदान गर्ने योजना ल्याएको छ । कोरोना महामारीको असरले गर्दा अभिभावकहरुको आम्दानी घटेको छ, यो संकटको समयमा कलेज सञ्चालक समितिको बैठकले न्यूनतम ५० देखि एक सय प्रतिशतसम्म छात्रवृत्ति दिने निर्णय गरिएको कलेजका प्रिन्सिपल शंकरप्रसाद शर्माले बताउनुभयो ।
सहायक प्रिन्सिपल कृष्ण दाहालका अनुसार हामी सबै कठिन अवस्थाबाट गुज्रिरहेका छौं , यस्तो बेला नाफा मात्रै सोचेर हुँदैन, त्यसैले हामीले अभिभावकहरुको समस्यालाई मध्यनजर गर्दै कक्षा ११ मा पढ्ने सबै विद्यार्थीहरुलाई सम्पूर्ण शुल्कमा ५० देखि एक सय प्रतिशतसम्म छात्रवृत्ति दिईने जानकारी दिनुभयो । कलेजले विद्यालय तहमा कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन, मानविकी र कानुन तथा स्नातक तहमा बीसीए, बीएससी लगायतका शैक्षिक कार्यक्रम सञ्चालन गर्ने गरेको छ । यो कलेज काठमाडौंको चाबहिलस्थित चुच्चेपाटीमा रहेको छ ।