खजुरामा आर्थिक वर्ष २०८०/८१ का लागि ८३ करोड बजेट

शाख न्यूज    प्रकाशित: २०८०-३-१० गते   २७९ पटक हेरिएको

बाँके – बाँकेको खजुरा गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि ८३ करोड रुपैयाँ बढीको बजेट ल्याएको छ । पालिकाले शुक्रबार आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम गाउँ सभाको १३औं अधिवेशनबाट पास गरेको थियो । 

आइतबार पालिकाको १३औं गाउँसभामा संघीय सरकार, प्रदेश सरकार र आन्तरिक आय गरी कूल ८३ करोड ३९ लाख ५३ हजार ६ सय ५८ रुपैयाँको बजेट आगामी वर्षका लागि विनियोजन गरिएको छ । उपाध्यक्ष मन्जु मल्लले प्रस्तुत गरेको बजेटमा संघीय सरकारको सशर्त अनुदान ३६ करोड ५२ लाख २५ हजार, वित्तीय समानिकरण १४ करोड ६२ लाख, राजश्व बाँडफाँड ११ करोड ८७ लाख ९९ हजार, विशेष अनुदान ८५ लाख र समपुरक अनुदान ५० लाख गरी ६४ करोड ३७ लाख २५ हजार प्रस्तावित बजेट रहेको जनाइएको छ । त्यस्तै प्रदेश सरकारबाट सशर्त अनुदान ८६ लाख ५० हजार, वित्तीय समानिकरण अनुदान १ करोड ९ लाख ४५ हजार, राजश्व बाँडफाँड २ करोड ५६ लाख ३४ हजार ६ सय ५८, समपुरक अनुदान १ करोड गरी ५ करोड ५२ लाख २९ हजार ६ सय ५८ प्रस्तावित बजेट रहेको बताइन् ।

मल्लले पेस गरेको आगामी बजेटमा खजुराको सामाजिक विकासतर्फ ५ करोड ४५ लाख ९८ हजार ४ सय, शिक्षातर्फ ३ करोड ५१ लाख ४६ हजार ४ सय रुपैयाँ विनियोजन गरिएको छ । साथै स्वास्थ्यतर्फ ८५ लाख ५२ हजार, खानेपानी तथा सरसफाइतर्फ १६ लाख, कला संस्कृतितर्फ खजुरा प्रज्ञा प्रतिष्ठानमार्फत १२ लाख, महिला बालबालिका तथा ज्येष्ठ नागरिकका लागि २५ लाख, सामाजिक सुरक्षातर्फ ५ लाख, युवा तथा खेलकुदतर्फ ४० लाख र आयुर्वेद सेवालाई १३ लाख रुपैयाँ बजेट विनियोजन गरिएको मल्लले बताइन् । 

May be an image of 3 people, people studying, hospital and dais

यसैगरी आर्थिक विकासतर्फ ३ करोड १४ लाख ६० हजार, कृषि तथा सिँचाइतर्फ १ करोड १२ लाख, लघु उद्यमतर्फ १६ लाख, पर्यटन क्षेत्रको विकासका लागि १ करोड, सहकारी तथा वित्तीय क्षेत्रतर्फ ११ लाख ३६ हजार ५ सय ६०, पशुपंक्षी विकासतर्फ ५६ लाख, भूमिसम्बन्धि समस्या समाधानका लागि २५ लाख, पूर्वाधारतर्फ २ करोड ६४ लाख, गुणस्तरीय दिगो भौतिक पूर्वाधारको विकात गर्न र सडक गुरुयोजना अनुसार सडक निर्माण गर्न १ करोड, अधुरा योजनाहरुको पूर्णता गर्न ११ करोड, गाउँपालिकामा बसपार्क निर्माण गर्न १ करोड, पालिकाभित्रका उर्जा, विद्य्ुतिरकण, तारपोल, हेमपाइपका लागि १६ लाख रुपैयाँ विनियोज गरिएको उपाध्यक्ष मल्लले पेस गरेको बजेटमा उल्लेख गरिएको छ ।

आगामी वर्षका लागि खजुराले सबैभन्दा बढी बजेट वडा नम्बर २ मा ७१ लाख ४३ हजार २ सय ५० रुपैयाँ विनियोजन गरेको मल्लले बताइन् । यस्तै वडा नम्बर १ मा ५१ लाख, ८१ हजार, ९ सय ७१, वडा नम्बर ३ मा ६६ लाख ६४ हजार ८३ , वडा नम्बर ४ मा ६० लाख ५ हजार २९, वडा नम्बर ५ मा ५७ लाख ८७ हजार ३ सय ५३, वडा नम्बर ६ मा ५९ लाख ७९ हजार ९ सय ५८, वडा नम्बर ७ मा ६७ लाख ३८ हजार ९ सय ५८ र वडा नम्बर ८ मा ६३ लाख ५९ हजार ८ सय ५५ रुपैयाँ विनियोज गरिएको छ ।

मल्लले सभामा चालू वर्षमा आन्तरिक राजश्वको अनुमान २ करोड गरिएकोमा १ करोड ७२ लाख अर्थात ८६ प्रतिशतमात्र संकलन भएको बताइन् । त्यस्तै चालूतर्फ ५५ करोड १६ लाख ४८ हजार ७ सय ९९ र पुँजीतर्फ ३३ करोड ९८ लाख ९२ हजार ३ सय ६० गरी कूल ८९ करोड १५ लाख ४१ हजार १ सय ५९ रुपैयाँ बजेटमा ६९ करोड ३४ लाख ५३ हजार १ सय ७७ रुपैयाँमात्र रकम प्राप्त भएको बताइन् ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech