प्रेम सिंह एस.के.
बाँके ०८ असार - नेपालगन्ज उपमहानगरपालिकाको वडा न. ७ को वडा भेला सम्पन्न भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ०७ को वडा भेला शुक्रबार सम्पन्न भएको छ । आर्थिक वर्ष २०८०-०८१ को लागि प्रस्तावित योजना, कार्य संकलनका लागि भेला आयोजना गरिएको थियो । भेला महेन्द्र मा.वि. नेपालगन्जमा सञ्चालन गरिएको थियो । वडा कार्यालयको क्षमता र स्थानीय माग अनुसार नै योजनाका काम सम्पन्न गर्ने आश्वासन अध्यक्ष प्रशान्त श्रेष्ठले दिएका छन ।

आर्थिक वर्ष २०८०-०८१ को लागि प्रस्तावित कार्य योजना संकलनका लागि वडाभित्रका टोल विकास संस्था, विद्यालय, क्लब, विभिन्न संघसंस्था र वडाबासीहरुले आफ्नो योजना लिखित तथा मौखिकरुपमा पेश गरेका थिए । सडक निर्माण , ग्रावेल, नाला व्यवस्थापन, स्वास्थ्य, सरसफाई, वत्ती, खानेपानी, युवा, महिला तथा बालबालिकाका लागि कार्यक्रम, व्यवसायिक दक्षताका लागि विभिन्न तालिम आदि विषयमा बजेट माग गरिएको छ ।
भेलामा विभिन्न राजनीतिक दलका अगुवा, शिक्षक, समाजसेवी, संघ(संस्थाका प्रतिनिधि र वडावासीको उपस्थितिमा सुरु भएको थियोे । भेलामा वडाबासीको मागलाई प्राथमिकता दिदै अब हुने ०८०-८१ मा नेपालगन्ज उपमहानगरपालिका भित्र पर्ने सडक, विजुली वत्ती, शिक्षा, स्वास्थ्य, खानेपानीलगायतका योजना माग गरेका छन् ।

राजस्व संकलनमा जोड , विद्यालय र स्वास्थ्य संस्थाहरुको स्तरोन्नति, मठमन्दिर लगायत सार्वजनिक जग्गाको संरक्षण, सीप विकास कार्यक्रम सञ्चालन, कृषिको लागि प्रोत्साहित गर्ने र आत्मनिर्भर गराउने कार्यक्रमलगायत योजनाका साथ आफ्नो वडा अघि बढाउने अध्यक्ष श्रेष्ठले बताएका छन ।
कार्यक्रमको सञ्चालन वडा सचिव इन्द्र बहादुर केसी गरेका थिए ।