लागूऔषध ब्राउन सुगरसहित १ जना पक्राउ

शाख न्यूज    प्रकाशित: २०८०-३-१ गते   ३३४ पटक हेरिएको

बाँके - नेपालगन्जको जमुनाह नाकाबाट बिहीबार लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित  १ जना पक्राउ परेका छन् ।

नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्रामसहित बैजनाथ गाउँपालिका-४ बानियाभार बस्ने १८ वर्षीय किशोरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंज र ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको  छ ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech