यौन दुर्व्यवहार गरेको घटनामा एसएसपी योगबहादुर पाल सेवाबाट निलम्बित

शाख न्यूज    प्रकाशित: २०८०-३-१ गते   ९२० पटक हेरिएको

बाँके १ असार - महिला प्रहरीलाई यौन दुर्व्यवहार गरेको घटनामा नेपाल प्रहरीका एसएसपी योगबहादुर पाल सेवाबाट निलम्बित भएका छन् । नेपाल प्रहरीका एसएसपी योगबहादुर पाललाई प्रमुखको रूपमा कार्यरत रहँदा  १९ जेठमा महिला प्रहरीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेको थियो ।    महिला प्रहरीलाई गुड फ्राइडे मनाउने प्रस्ताव राखेको अभियोगमा कारवाहीमा तानिएका एसएसपी योगबहादुर पाल सेवाबाट निलम्बित भएका छन् ।

आफ्नै कार्यालयमा कार्यरत महिला सहायक हवल्दारलाई कार्यस्थलमा यौनजन्य हिंसा गरेको आरोप लागेका पाललाई प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले निलम्बन गरेको हो ।

यौन दुर्व्यवहार गरेको आरोप लागेपछि एसएसपी पाल अनुसन्धानका लागि हेडक्वार्टर तानिएका थिए । उनी सुदूरपश्चिमको महेन्द्रनगरस्थित नेपाल प्रहरीको संघीय इकाइमा प्रमुखका रुपमा कार्यरत थिए । बिदा माग्ने बेला एसएसपी पालले एक महिला सहायक हवल्दारलाई यौन दुर्व्यवहार गरेका थिए ।

ती महिला हवल्दारले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा उजुरी दिएकी थिइन् । उजुरीपछि उनी प्रहरी प्रधान कार्यालयले हेडक्वाटर तानिएका थिए ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech