सदस्यता वितरण र शुद्धिकरण अभियानमा गरेको मापदण्ड ( केन्द्र र प्रदेश ) को विपरीत -सदस्य गिरी

शाख न्यूज    प्रकाशित: २०८०-२-३१ गते   ३४० पटक हेरिएको

बाँके ३१ जेठ - नेपाल पत्रकार महासंघ बाँकेमा  शुद्धिकरण अभियान, नयाँ सदस्यता वितरण र नवीकरण सम्बन्धि सवत्र्र विरोध भएको छ । पत्रकार महासंघ बाँकेले सार्वजनिक गरेको सदस्यता वितरण र शुद्धिकरण  अभियानमा गरेको मापदण्ड ( केन्द्र र प्रदेश ) को  विपरीत रहेको हुँदा पत्रकार महासंघ बाँके शाखाका सदस्य सौरभ गिरीले सामाजिक संजालमा बिज्ञप्ति जारि गरेका छन । जिल्लामा रहेका ३ सय ३५ सदस्य मध्येबाट १ सय ५८ जनाको सदस्यता नविकरण नगर्न र नयाँ सदस्यताका लागि आवेशदन दिएका ९९ सय जना मध्ये २७ जनाको मात्र नयाँ सदस्यताका लागि सिफारिस गरिएको हुदाँ चौर्तफी बिरोध भइरहेको छ । 

क्रियाशिल बिभिन्न संचारमाध्यममा कार्यरत पत्रकारहरुको मापदण्ड सबै पुगेपनि नयाँ सदस्यता लिन बाट बञ्चित गराउनुका साथै शुद्धिकरण  अभियानमा समेत बिभेद गरिएको छ । 

विज्ञप्ति

पत्रकार महासन्ध बाँकेको सदस्यता शुद्धिकरण र छानबिन प्रती

गम्भीर ध्यानाकर्षण

पत्रकार महासंघ बाँकेले हालै सार्वजनिक गरेको सदस्यता वितरण र शुद्धिकरण अभियानमा गरेको मापदण्ड( केन्द्र र प्रदेश ) को विपरीत गरेकोले मेरो गम्भीर ध्यानाकर्षण भएको छ।

बाँकेमा वर्षौदेखि कार्य गर्दै आइरेहका समेतका कटाएर बाँके अध्यक्षको सायद आफ्नै निर्णयले भर्खरै आवद्द भएकालाई समेत नया सदस्यताकोमा नाम सिफारिस गरिएकोमा गम्भीर ध्यानाकर्षण छ।

सदस्यता छानबिन र शुद्धिकरणमा पुर्व आह्वागी भई गरेका निर्णय तत्काल सच्याउन आग्रह छ। अन्यथा कानुनी बाटो अपनाउन बाध्य हुनुपर्ने बेहोरा अबगत गराउदछु।

पहिला देखि कार्य गर्दै आएका लाई बाइपास र भर्खर अनलाइनमा नाम लेख्दमा सदस्य सिफारिस गर्नु गलत हो। अध्यक्ष यो गलत हो।सद्भाव एफएम र सद्भाव दैनिक मात्रै हो पत्रीका ।गलत हो।

सौरभ गिरी

सदस्य (पत्रकार महासंघ बाँके )

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech