नक्कली प्रोफाइल बनाई चरित्रहत्या गरेको अभियोगमा १ जना पक्राउ

शाख न्यूज    प्रकाशित: २०८०-२-३० गते   ३०२ पटक हेरिएको

काठमाडौं ३० जेठ - नक्कली प्रोफाइल बनाएर महिलाको चरित्रहत्या गरेको आरोपमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ । 

सामाजिक सञ्जालमा नक्कली प्रोफाइल बनाई चरित्रहत्या गरेको अभियोगमा पर्वत कुश्मा नगरपालिका-१४ स्थायी वतन भएका ४२ वर्षीय राम कुमार सुनारलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । 

May be an image of text

सामाजिक सञ्जालका विभिन्न प्लेटफर्महरूमा पीडितको तस्विर र नाम राखी नक्कली प्रोफाइल खोली अश्लील तस्विर तथा भिडियोहरूमा अनुहार जोडी दुःख, हैरानी तथा चरित्रहत्या गरेको भन्ने पीडितको उजुरीको आधारमा प्रारम्भिक अनुसन्धान तथा प्राविधिक विश्लेषणबाट सुनारको संलग्नता खुल्न आएपछि नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटी काठमाडौंबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय कास्कीको समन्वयमा उनलाई पोखराबाट पक्राउ गरेको एसपी पशुपतिकुमार रायले जानकारी दिए ।  उनलाई प्रहरीले पोखराबाट आइतबार पक्राउ गरी काठमाडौं ल्याएको हो। 

उनीउपर विद्युतीय कारोबार ऐन, २०६३ अपराध अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट छ दिन म्याद थप गरि अनुसन्धान भइरहेको  प्रहरीले जनाएकाे छ । 

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech