सशस्त्र प्रहरीद्धारा अबैध रुपमा ल्याउँदै गरेको विभिन्न सामान बरामद

शाख न्यूज    प्रकाशित: २०८०-२-३० गते   २१३ पटक हेरिएको

रुपन्देही  ३० जेठ - सशस्त्र प्रहरीले भारतबाट भित्रीदै गरेका विभिन्न अवैध सामान बरामद गरेको छ। 

जिल्लाको सिद्धार्थनगर नगरपालिका–१ डण्डा ईलाकाबाट मंगलवार सशस्त्र प्रहरीले १ लाख २० हजार ७ सय ४० रुपैयाँ बराबरको विभिन्न सामान बरामद गरेको छ । 

भारतबाट नेपालतर्फ ल्याउँदै गरेको चोरीपैठारीको ड्रिल मेशिन, लत्ताकपडा तथा मोबाईल ऐक्सेसरिज सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डा (वीओपी डण्डा) ले बरामद गरेको हो ।  

बरामद सामान भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा बुझाइएको छ ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech