बाँके १२ भदौ - जिल्लामा अब साताको दुई दिन निषेधाज्ञा लगाइने भएको छ । जिल्ला कोभिड–१९ संक्रमण व्यवस्थापन केन्द्रको शुक्रबार बसेको बैठकले हप्ताको पाँच दिन खुल्ला र दुई दिन निषेधाज्ञा लगाउने निर्णय गरेको हो । उक्त निर्णय अनुसार हप्ताको शुक्रबार र शनिबार मात्र निषेधाज्ञा जारीका साथै कोरोना भाइरसको संक्रमणलाई कम गर्नका लागी जिल्लामा यस्तो यस्तो निर्णय गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले जानकारी दिनुभयो ।