जबरजस्ती करणी गरेको अभियोगमा १ जना पक्राउ

शाख न्यूज    प्रकाशित: २०८०-२-३० गते   २४१ पटक हेरिएको

महोत्तरी ३० जेठ - बर्दिबास नगरपालिका-१० खैरबनाबाट  जबरजस्ती करणी गरेको अभियोगमा १ जना पक्राउ परेका छन । 

२१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दिबास नगरपालिका-१० खैरबना बस्ने ४५ वर्षीय सोम बहादुर थिङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

थिङले ती महिलालाई बर्दिबास नगरपालिका-१० खैरबनास्थित खैरबना झोरा खोला छेउको झार जंगलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech