नेपालगन्ज उच्च बारको अध्यक्षमा शाही निर्वाचित

शाख न्यूज    प्रकाशित: २०८०-२-२० गते   २३६ पटक हेरिएको

नेपालगन्ज २० जेठ - नेपालगन्ज उच्च अदालत बार एसोसिएशनको  अध्यक्षमा चित्रबहादुर शाही निर्वाचित भएका छन् । निकटतम् प्रतिद्वन्दी चित्रबहादुर केसीलाई १ सय १७ मतान्तरले पराजित गर्दै शाही अध्यक्ष निर्वाचित भएका हुन् । शाहीले १ सय ४५ मत पाउँदा केसीले २८ मत मात्र पाए । अर्का प्रत्यासी भुवनकृष्ण श्रेष्ठले ४ मत पाए । 

पदाधिकारी र सदस्य सबै शाही नेतृत्वको प्यानलले जीत हासिल गरेको छ । नेपालगन्ज उच्च अदालत बार एशोसियशनका कुल २ सय १४ मतदाता मध्ये १ सय ८४ मत खसेको निर्वाचन समितिले जनाएको छ । शाहीको समूहबाट उपाध्यक्षमा तिर्थराज ज्ञवाली, सचिवमा गणेशप्रसाद शर्मा तथा सदस्यहरुमा सतिशचन्द्र थारु, रिजवान अहमद मिर्जा, जयराम थारु, बिरेन्द्रकुमार बस्नेत, हरिशचन्द्र सिजापति, जयराम जैसी, पूर्णप्रसाद ढकाल र हिराबहादुर श्रेष्ठ निर्वाचित भएका हुन् । उक्त समूहबाट कोषाध्यक्षमा हरि सुवेदी र सदस्य (महिला) मा शान्ता पोखरेल भने यसअघि नै निर्विरोध निर्वाचित भइसकेका थिए ।

निर्वाचनमा शाही नेतृत्वको 'बृहत लोकतान्त्रिक, प्रगतिशिल, समावेशी, पेशागत कानून ब्यवसायी समुह’ र केसी नेतृत्वको ‘स्वतन्त्र, समावेशी, प्रगतिशिल, अग्रगमणकारी देशभक्त लोकतान्त्रिक कानून ब्यवसायी’ समूह प्रतिष्पर्धामा थिए ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech