
नेपालगन्ज - नक्कली भुटानी शरणार्थी प्रकरण नेपाली कांग्रेसका नेता एबं पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन्
पूर्वगृहमन्त्री खाँणलाई आज बिहान उनकै निजी निवासबाट पक्राउ गरेको प्रहरी प्रधान कार्यालयको उच्च स्रोतले जानकारी दिएको छ ।
शरणार्थी प्रकरणमा अनुसन्धानका लागि पूर्वगृहमन्त्री खाँणलाई पक्राउ गरिएको स्रोतले जानकारी दिएको छ ।
यही प्रक्ररणमा पक्राउ परेका पूर्व गृहसचिव टेकनारायण पाण्डेले खाँणको नाम मुछेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।