नेपालगन्ज - बाँकेको सीमावर्ती भारतीय बहराइच जिल्लामा हुने नगरपञ्चायतको निर्वाचनका लागि जमुनाहा नाका दुई दिनका लागि बन्द हुने भएको हो।
नेपाल र भारतको खुला सीमा नाकाका कारण निर्वाचनका बेला हुने सुरक्षा चुनौतीका लागि दुवै सीमावर्ती जिल्लाका सीमा नाका दुई दिनका लागि बन्द गर्ने निर्णय भएको हो।
यहीँ वैशाख १९ गते राति १० बजेदेखि २१ गते बेलुका ६ बजेसम्म जमुनाहा नाका पूर्णरुपमा बन्द गरिने भएको हुँदा त्यस दिनदेखि नाका बन्द गरिने बाँके प्रहरीले जानकारी दिएको छ।
त्यस अवधिमा एम्बुलेन्सलगायत अत्यावश्यक सेवालाई भने दुवै देशका सुरक्षाकर्मीको समन्वयमा आउजाउ गर्ने दिने सहमति भएको छ। बहराइचमा वैशाख २१ गते नगरपञ्चायतको निर्वाचन हुँदैछ।