रोज ग्रुपद्धारा ५० जना सुत्केरी महिलाहरुलाई निः शुल्क प्याड वितरण

शाख न्यूज    प्रकाशित: २०८०-१-८ गते   १५५४ पटक हेरिएको

कोहलपुर ८ बैशाख - संघर्ष रोज ग्रुप कोहलपुर बाँकेले ५० जना सुत्केरी महिलाहरुलाई निः शुल्क प्याड वितरण गरेको छ । संघर्ष रोज ग्रुपले आफ्नो २ वर्ष पार गरेको शुभ अवसरमा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका सुत्केरी महिलाहरुलाई प्याड वितरण गरेको हो । संघर्ष दलित महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड अन्र्तगत संघर्ष रोज ग्रपले कोहपुरमा सेनेटरी उद्योग २०७८ बैशाख ८ गते सञ्चालनमा आएको थियो । 


संघर्ष रोज ग्रुपले प्याड उत्पादन गरी बजारीकरण गरी रहेको छ । शुक्रबार स्थापना दिवस मनाउदैं नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा सुत्केरी महिलाहरुलाई स्यानेटरी प्याड वितरण गरिएको थियो । प्याड उत्पादन गरी महिलाहरुको स्वास्थ्यमा परिवर्तन ल्याउने तथा महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले संघर्ष रोज ग्रुप संचालनमा ल्याईएको अध्यक्ष तथा प्रबन्धक निर्देशक तुलसी सुनारले बताएकी थिईन । माघ महिना देखि चैत महिनाको अवधिमा ६ लाख सम्म प्याड बजारीकरण गरेको समेत बताईन ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech