२० बर्षिय निरन्जन हत्याकाण्डका आरोपित विजयको मृत्यु

शाख न्यूज    प्रकाशित: २०७७-५-११ गते   ८१९ पटक हेरिएको

रौतहट ११ भदौ - रौतहटमा हत्या अभियोगमा पक्राउ परेका विजय रामको मृत्यु भएको छ । निरन्जन राम हत्याकाण्डको आरोपित रहेका विजयको नेशनल मेडिकल बिरगंजमा गएराती मृत्यु भएको हो । हिरासतमा राखेको उनको स्वास्थ्यमा गड्बडी देखिएपछी अस्पताल भर्ना गरिएको थियो । गरुडा नगरपालिका वडा नं. ८ जिगडिया बस्ने विजयको प्रहरीको  अत्यधिक कुटपिटबाट मृत्यु भएको आफन्तले आरोप लगाएका छन ।  तर प्रहरीले उक्त आरोप  स्वीकार गरेका छैनन ।  प्रहरीले गत साउन ३१ गते सोही स्थानमा बस्ने २० बर्षिय निरन्जन रामको हत्यामा संलग्न रहेको भन्दै प्रहरीले  २० बर्षिय अजयकुमार रंजन, १९ बर्षिय विवेक कुमार यादव, १९ बर्षिय अर्जुन राम, २० बर्षिय सिकिन्द्र राम, १९ बर्षिय विजय महरा, सहित सात जना मिलेर हत्या गरेको आरोपमा पक्राउ गरिएको थियो ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech