प्रमुख प्रशासकीय अधिकृत गुरुङ्गले पाए डुडुवाको जिम्मेवारी

शाख न्यूज    प्रकाशित: २०७९-१२-२४ गते   ३५६ पटक हेरिएको

डुडुवा २४ चैत -  बाँकेको  डुडुवा गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतले कार्यभार सम्हालेका छन् । यस अघिका प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद पौडेलको सरुवा भएपछि  विष्णुप्रसाद गुरुङ्गले शुक्रबारदेखि कार्यालयको प्रशासनिक कामकाजको जिम्मेवारी सम्हालेका छन । 

शुक्रबार एक कार्यक्रमका विच सरुवा भई आएका नयाँ प्रमुख प्रशासकीय अधिकृत गुरुङ्गलाई  गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढा, कृषि शाखा प्रमुख सुशीलकुमार शर्मा, जिन्सी शाखा प्रमुख ऋषिराज गौतम, पशु शाखा प्रमुख अशोक पाण्डे, शिक्षा शाखा प्रमुख सञ्जय कर्णलगायतका कर्मचारीले स्वागत गरेका थिए ।

कार्यालयको जिम्मेवारी सम्हाल्दै गुरुङ्गले कानूनले दिएको अधिकारभित्र रहेर इमान्दारिताका साथ आफनो जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता गर्दै दैनिक प्रशासनका काम कारवाही प्रक्रिया अघि बढाउने र जनताको सेवामा सदैय कट्टिबद्ध भएर लाग्ने बताएका छन । 

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech