१८ स्मृति दिवसमा महान सहिद बुवा दुर्गा प्रति छोरा को सलाम

शाख न्यूज    प्रकाशित: २०७७-५-१० गते   ४७३ पटक हेरिएको

 बाके १० भदौ, महान सहिद दुर्गा दाहाल (क. राजन) गरिब तथा किसान बुवा भिम बहादुर दाहाल र आमा अभिमाया दाहालको कोख बाट वि.स. २०२७ जेठ १७ गते बाके स्थित बनकट्वा - ४ जि गाउँ मा जन्मिनु भएको थियो  । खेती किसान गर्दै जिविका चलाइरहे पनि धेरै जसो समयमा खाली बस्नुपर्ने भएकाले उहाँले एसएलसी उत्तीर्ण गरेर शिक्षण पेशालाई अंगाल्नु भएको  थियो। आर्थिक अवस्था कमजोर भएका दाहाल अध्यनशिल तथा लगनशील हुनुका साथै पढाई मा अब्बल हुनुहुन्थ्यो ।
उमेर बढ्दै गयो इच्छा आकाङ्क्षाहरु परिवर्तन हुँदै गए ।  समय र परिस्थिति संगै भविष्यका सपनाहरुलाई साकार पार्न सक्रियरुपमा अगाडि बढ्नुभयो । बिद्यार्थी जीवन देखि नै राजनिती क्षेत्र मा प्रवेश गर्नु साथै राजनैतिक बिचारधारालाई अनुसरण गर्नुभएको थियो । उहाँले शिक्षण पेशा र वामपन्थी राजनीति क्षेत्र बैधानिक तवरले मा महत्त्वपूर्ण भुमिका खेल्नु भएको थियो । राजनीतिक कार्य तथा सामाजिक कार्यमा अग्रसरता हुनुहुन्थ्यो । जस्तोसुकै समस्या आइपरेपनी उहाँ वर्गसंघर्षका लागि निरन्तररुपमा संघर्ष तथा आवाज उठाउनु भएको थियोे ।
०४६ सालमा शिक्षक लोकसेवाबाट नाम निकालेर जुम्लामा पढाउनु हुन्थ्यो । ०५२ साल फाल्गुन १ गते नेपालमा महान जनयुद्धको थालनि भएपछि राजीनामा दिएर जनयुद्धमा होमिनु भएको थियो । आफ्ना सहिद पिताको १८औं स्मृति दिवसमा सहिद बुवा लाई सम्मान का साथै सम्झना छ । जति नै वर्गसंघर्ष को कुरा गरेपनि , सर्बहारा को कुरा गरेपनि , मालेमावादी कुरा गरे पनि अरु सहिद हुदा सम्झाउन जति सजिलो हुन्छ उक्त कुरा आफुले भोग्न निकै नै कठिन हुदो रहेछ। आज बुवाले सहादत प्राप्त गरेको१८ बर्ष पुगिसक्यो त्यही पिडा भोग्दै छौं ।
वि.स. २०५८ असोज १५ गते पुर्णकालिन जनयुद्ध सागरमा होम्मिनु भयो । संकटकालको समयमा विभिन्न किसिमका चुनौतीपूर्ण विषयहरुको सामना गर्दै बाकेको वर्गसंघर्षको यात्रालाई सधैं अगाडि बढाउदै जानुभयो । दाहालले बाकेको सहरी ईलाकाका भुमिगत गतिविधिहरु सञ्चालन गर्ने क्रममा वि.स. २०५९ भदौ १० गते चन्दवा गाउँमा ईलाका प्रहरी कार्यालय कोहलपुर को सशस्त्र प्रहरीको टोलि द्वारा गोलि हानी घाइते बनाएर घोचिघोची हत्या गरिएको थियो । हाल उहाँका दुई छोरा गौरव दाहाल र राकेश दाहाल रहेका छन । आजको दिन  बुबाले सहादत प्राप्त गर्नु भएको थियोे त्यसैले  बुवाको १८ स्मृति दिवसमा छोरा गौरव दाहालले श्रद्धाञ्जली अर्पण गर्नु भयो ।  

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech