सामुदायिक बनको काठ हिनामिना गरेको आरोपमा अध्यक्ष थारु सहित आठ जना पक्राउ

शाख न्यूज    प्रकाशित: २०७९-१२-९ गते   ३५५ पटक हेरिएको

नेपालगञ्ज : राप्तीसोनारी गाउँपालिका–५ विनौनास्थित सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ ।घाटगद्दीमा रहेको करिब ५२ लाख बराबरको सामुदायिक वनको काठ हिनामिना गरेको स्थानीयले उजुरी गरेपछि बुधबार उनीहरुलाई पक्राउ गरिएको हो ।

डिभिजन वन कार्यालय बाँकेका मुद्दा शाखाका रमेशकुमार बुढाथोकीका अनुसार सयम भवानी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष भोला थारु , सचिव आरती वैश्य, कोषाध्यक्ष मैयासरी थारु, सदस्य कमला केसी, मानबहादुर विक, रामकली थारु, खडगबहादुर ओली र शिवकुमारी थारुलाई वन कार्यालयको हिरासतमा राखिएको छ ।

आठै जनामाथि घाटगद्दीमा राखेको काठ, दाउरा हिनामिना गरेको अभियोगमा मुद्दा चलाइने बुढाथोकीले बताएका छन् । साल, अस्ना, कर्मा, जामुन, शिरिषलगायत जातका काठका गोलिया बेचबिखन गरेको वन कार्यालयले जनाएको छ । उनीहरुलाई जिल्ला अदालत, बाँकेबाट अनुमति लिएर प्रहरीले पक्राउ गरी वन कार्यालयलाई बुझाएको हो ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech