गायत्रीनगरका सुकुम्बासी तथा भूमीहिनलाई खाद्यान्न वितरण

शाख न्यूज    प्रकाशित: २०७७-५-३ गते   ३३२ पटक हेरिएको

बाँके ३ भदौ — बाँकेको नेपालगञ्ज उपमहानगरपालिका २० मनीकापुरको गायत्रीनगरमा बसोबास गरिरहेका  अधिकांस अपांङग, असक्त, एकल महिला, बिपन्न तथा गरिब, सुकुम्वासी , भूमीहिनलाई आज राहत वितरण गरिएको हो । बिश्वब्यापी रूपमा कोरोनाको संक्रमण देखिन थालेपछि स्थानीयवासीलाई बिहान बेलुकाको छाक टार्न धौधौ भएको थियो । बेला बेला गरिएको निषधाज्ञा तथा लकडाउनका कारण मजदुरी गरेर जीवन निर्वाह गर्नेहरुलाई समेत समस्या परिरहेका बेला नेवा साइक्लीङ नेपालगञ्ज परिवारले खाद्यान्न  सहयोग गर्नुभयो ।
नेपालगञ्ज १२ निवासी टेक बहादुर पुनको संयोजनमा अष्ट्रेलिया निवासी सुवास श्रेष्ठ र श्रीमती डेलीआना श्रेष्ठद्धारा वडा न २०  कार्यालयको समन्वयमा आज ९० घरपरिवारलाई
 २० केजी चामल, एक पोका तेल, एक प्याकेट सोयाविन, एक प्याकेट नुन, एक प्याकेट चना सहयोग गरिएको थियोे । नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख डा धवल शमशेर राणााले राहत प्रदान गर्दै मानवीय सेवाले जीवनयापनमा उर्जा थप्ने विश्वास व्यक्त गर्नु भयो । नेवा साइक्लीङ अध्यक्ष चन्द्र श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष कृष्ण बहादुर कार्की, बाँकेका सहजकर्ता एवं पत्रकार शुक्रऋषि चौलागाई, कार्यक्रम संयोजनकर्ता टेक बहादुर पुन, नेपालगञ्ज साइक्लीङ क्लवका अध्यक्ष गगन थापा, नेवा साइक्लीङका सदस्य जितेन्द्र जोशी, स्थानीय अगुवा लाल बहादुर परियार लगायतका अतिथीहरुको उपस्थिति रहेको थियोे ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech