सामुदायिक रेडियो सम्मेलनमा मन्त्री माेदीलाई सम्मान सहित रेडियाे उपहार

शाख न्यूज    प्रकाशित: २०७९-१२-८ गते   ९०६ पटक हेरिएको

ललितपुर ०८ चैत - सामुदायिक रेडियाे राष्ट्रिय सम्मेलनकाे कार्यक्रममा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री अमन लाल माेदीलाई रेडियाे दिएर सम्मान गरिएकाे छ ।

"पारदर्शी र सबल स्थानिय सरकारका लागि सामुदायिक साझेदारी" विषयक छलफल पछि मन्त्री माेदीलाई सामुदायिक रेडियाे प्रसारक संघ, नेपालका अध्यक्ष अर्जुन गिरीले साे रेडियाे उपहार दिएका हुन् ।

कार्यक्रममा सघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले ७ सय ५३ वटै स्थानिय तहलाई सामुदायिक रेडियोसँग सहकार्य गर्न निर्देशन समेत दिएका छन् ।

नागरिकलाई सूचना दिन र आफ्ना गतिविधिका बारेमा जानकारी दिन स्थानीय सरकारले लुकाउन नहुनेमा मन्त्री माेदीले जोड दिएका छन् ।

सामुदायिक रेडियाे प्रसारक संघ, नेपालका अध्यक्ष अर्जुन गिरीले रेडियाेलाई अझ बढी माया हाेस् भनी मन्त्री अमनलाल माेदीलाई साे रेडियाे उपहार दिएका हुन्।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech