तिब्र गतीमा नेपालगन्ज आउदै गरेको मालवाहक टिप्पर डुडुवामा दुर्घटना

शाख न्यूज    प्रकाशित: २०७९-१२-८ गते   २७३ पटक हेरिएको

नेपालगन्ज ०८ चैत - बाँकेको डुडुवा गाउँपालिकामा बुधबार टिप्पर दुर्घटना भएको छ । ग्राविल लोड गरेर राप्ती नदिदेखि नेपालगन्जतर्फ आउँदै गरेको लु २ ख ३७५८ नम्बरको टिप्पर बुधवार बिहान डुडुवा पुलस्थित श्याम आयल स्टोर नजिकै दुर्घटनामा परेको हो ।

ईलाका प्रहरी कार्यालय कम्दीका कार्यालय प्रमुख प्रहरी नायव निरीक्षक विष्णु शाहीका अनुसार बुधवार विहान करिव ७ बजेको समयमा टिप्पर दुर्घटनामा परेको हो ।बाटो निर्माण कार्य भइरहेको र साँघुरो बाटोमा तिव्र गतिका कारण सवारी साधनहरु दुर्घटनामा पर्ने गरेका छन् ।

गढवा गाउँपालिका वडा नं-१ कालाकाटे बस्ने ३८ वर्षीय नागराम योगीले टिप्परलाई चलाएका थिए । दुर्घटनाबाट मानविय क्षति भने नभएको प्रहरी प्रमुख शाहीले जानकारी दिएका छन् ।

यसअघि मंगलबार पनि सोही बाटोमा टिप्पर दुर्घटना भएको थियो । ग्रावेल लोड गरेर नेपालगञ्ज आउँदै गरेको टिप्पर मंगलबार पनि सोही बाटोमा पल्टिएको थियो ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech