दैलेखमा मनकामना ग्याँस बोकेको मिनि ट्रक दुर्घटना

दुर्घटनामा परि तीन जनाको मृत्यु , एक जना घाइते

शाख न्यूज    प्रकाशित: २०७९-१२-८ गते   २५८ पटक हेरिएको

दैलेख ०८ चैत - दैलेखको तालपोखरीमा मनकामना ग्याँस बोकेको मिनि ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । 

नेपालगन्जबाट दैलेख जादैं  गरेको भे १ ख २२०१ नम्बरको ट्रक गुराँस गाउँपालिका वडा नं. ४ तालपोखरीमा बुधबार  दुर्घटना भएको हो । मनकामना ग्याँस बोकेको ट्रक सडकबाट अन्दाजी १ सय ५० मिटर तल खस्दा ट्रकमा सवार ३ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी किशोर लम्सालले बताए ।

मृत्यु हुनेमा ३० वर्षीय चालक कृष्ण चौधरी, कामदारहरु २५ वर्षीय लक्षिराम चौचरी र २२ वर्षको विष्णु चौधरी रहेको डिएसपी लम्सालले जानकारी दिएका छन् । सहचालक प्रकाश कुमाई भने घाइते भएको डिएसपी लम्सालले जानकारी दिएका छन् ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech