नेपालगन्ज ०७ चैत - बाँकेको डुडुवा गाउँपालिका वडा नं. ४ स्थित लालपुर्वा नजिक टिप्पर दुर्घटना भएको छ । राप्ती नदिदेखि नेपालगन्जतर्फ आउँदै गरेकाे रा १ ख १५३८ नम्बरको टिप्पर दुर्घटनामा परेको हाे ।
ईलाका प्रहरी कार्यालय कम्दी मिलनचाेकका प्रमुख बिष्णु शाहीका अनुसार मंगलबार दिउँसो करिव साढे १२ बजेको समयमा दुर्घटनामा परेको हो । बाटो निर्माण कार्य भइरहेकोले निर्माण सामाग्रीहरु जथाभावि राखेको र साँघुरो बाटोमा तिव्र गतिका कारण दुर्घटना भएको प्रमुख शाहीले बताएका छन ।
टिप्परलाई चालक ठाकुरबाबा नगरपालिका वडा नम्बर २ बस्ने ४१ वर्षीय गगनसिंह सुनुवार रहेका थिए ।दुर्घटनामा मानवीय क्षति भने नभएकाे प्रमुख शाहीले बताएका छन ।