पाटे बाघको आक्रमणबाट बर्दियामा २ जनाको मृत्यु

शाख न्यूज    प्रकाशित: २०७९-१२-६ गते   २६९ पटक हेरिएको

बर्दिया ६  चैत - बर्दिया मधुवन नगरपालिका ५ को चिरौति सामुदायिक वनमा घाँस काटन गएका बेला पाटे बाघको आक्रमणबाट २ जना महिलाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । मधुवन नगरपालिका वडा नम्बर ५ कि ५० वर्षिया धनसरा गुरुङ र ५५ वर्षिया समुन्द्री बुढाक्षेत्रीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बर्दियाका डिएसपी हिक्मत बहादुर बोहोराले जानकारी दिएका छन ।

दुबै जना महिला सामुदायिक वनमा घाँस, दाउरा लिन गएका बेला पाटे बाघको आक्रमणका घटना हुने गरेको बोहोराले जनाएका छन । मृतक दुई जना महिलाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल गुलरिया लगिएको प्रहरीले जनाएको छ ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech