कोहलपुर ३२ साउन - हाल बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-19) का लागि आइतबार शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडमा रारा बिजय बहुउद्देश्यीय सहकारी सस्था लिमिटेडको मुख्य कार्यालय कोहलपुर र शखा कार्यालय सम्झनाका २१ जना कर्मचारीहरुको कोरोना बिमा गरिएको हो।
कोेरोना भाइरसको संक्रमणबाट आर्थिक सुरक्षा प्रदान गर्ने उद्देश्यले प्रतिव्यक्ति एक लाख बराबरको बिमा गरिएको सहकारीका प्रबन्धक दिपक राईले जानकारी दिनुभयो ।
यस बिषम परिस्थितिमा निरन्तर फिल्डमा खटिएका सम्पूर्ण कर्मचारीहरुको सुरक्षाका लागि यो सुविधा उपलब्ध गरिएको हो ।
सहकारीले सदैब मनोबल उच्च राख्न र कर्मचारीहरुको सेवा र क्षमता बृद्धीकालागि कोभिड बिमाको व्यवस्था गर्नुका साथै कर्मचारीहरुको एक एक लाख बराबरको कोरोना बिमा गरिएको प्रबन्धक राईले बताउनुभयो ।