डुडुवामा पूर्ण खोप सुनिश्चितताका लागि रणनीतिक कार्ययोजना तयार

शाख न्यूज    प्रकाशित: २०७९-१२-६ गते   २७६ पटक हेरिएको

नेपालगन्ज ०६ चैत -  बाँकेको डुडुवा गाउँपालिकामा पूर्ण खोप सुनिश्चितताका लागि रणनीतिक कार्ययोजना तयार पारिएको छ । यही चैत्र मसान्तसम्म पालिका अन्र्तगत सम्पूर्ण घरधुरी सर्भेक्षण गरी खोप लगाउन छुटेका बालबालिकाहरुको संख्या पहिचान गर्ने, प्रत्येक वडामा स्वास्थ्यकर्मीको टोली परिचालन गरिने र छुटेका बालबालिकाहरुको संख्या पत्ता लागेपछि सबैलाई खोप लगाउने कार्ययोजना तयार पारिएको हो । 

डुडुवा गाउँपालिका स्वास्थ्य शाखाद्वारा आयोजित पूर्ण खोप सुनिश्चितता र दिगोपना सम्वन्धि पालिका स्तरीय योजना तर्जुमा गोष्ठीमा उक्त योेजना तयार गरिएको स्वास्थ्य शाखा प्रमुख निमित्त प्रमुख प्रशासकीय अधिकृत धनबहादुर बुढाले बताए । उनका अनुसार गाउँपालिका पूर्ण खोप घोषणा भएपनि प्रत्येक वर्ष खोप लगाउन छुट्ने गरेका बालबालिकाहरुको पहिचान गरी सबैलाई खोप लगाएपछि मात्र सुनिश्चितता गर्ने प्रक्रिया रहेको छ । 

कार्यक्रममा वडाध्यक्षहरु मोहनराम मिश्र, आमोद तिवारी, झंकबहादुर थापा, स्वास्थ्य चौकी इन्चार्ज तथा फोकल पर्सन लगायतको सहभागिता रहेको थियो । 

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech