सशस्त्र प्रहरीका ५० डीएसपीको सरुवा

जमुनाहमा डीएसपी धनसिंह धामी नरैनापुरमा डीएसपी दीपक चन्द

शाख न्यूज    प्रकाशित: २०७९-१२-४ गते   ३५४ पटक हेरिएको

नेपालगन्ज - सशस्त्र प्रहरी बल नेपालले ५० जना  सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) को काज सरुवा गरेको छ । सशस्त्र प्रहरीले १३३ जना सशस्त्र प्रहरी निरीक्षक (इन्पेक्टर ) को पनि सरुवा गरेको छ।

सशस्त्र प्रहरी बल प्रधान कार्यालय हलचोकले  यसपटक बिओपीहरुमा पनि डीएसपीलाई खटाएको छ। सशस्त्र प्रहरीले बाँकेको नेपालगन्जस्थित जमुनाह बिओपीमा डीएसपी धनसिंह धामीको काज सरुवा गरेको छ। नेपालगन्जको जयसपुर बिओपीमा इन्स्पेक्टर हरि लम्साललाई पठाएको छ।

त्यस्तै बाँकेकै नरैनापुरमा रहेको बोओपी नरैनापुरमा डीएसपी दीपक चन्द र महेन्द्र राज भारतीको बिओपी कण्ठपुर बर्दियामा काज सरुवा गरेको छ। 

यस्तो छ काज सरुवा हुने डीएसपीको सूची-

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech