बाँके प्रहरीद्वारा अबैध रुपमा ल्याएको कुखुरा बरामद

शाख न्यूज    प्रकाशित: २०७९-१२-३ गते   ३३४ पटक हेरिएको

नेपालगन्ज ०३ चैत -  बाँके प्रहरीले भारतबाट अवैध रुपमा ल्याएको ठुलो परिमाणमा कुखुरा बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले भारतबाट अवैध रुपमा ल्याउँदै गरेको साढे १ लाख रुपैयाँ बराबरका कुखुरालाई  नेपालगन्ज वडा नंं. १० स्थित  शितलनगरबाट बरामद गरेको जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार २ सय १९ पिस   कुखुरा बरामद गरिएको हो।  जिल्ला प्रहरी बाँकेले बिहीवार  बरामद गरिएका अवैध कुखुरालाई आवश्यक कारवाहीका लागि  पशु क्वारेन्टाईन कार्यालय नेपालगन्ज  पठाईएको जानकारी दिएको छ  ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech