नेपालगन्जमा पूर्ण खोप सुनिश्चितताका लागि कार्ययोजना तयार पारिँदै

शाख न्यूज    प्रकाशित: २०७९-११-२८ गते   ३१५ पटक हेरिएको

नेपालगन्ज २८ फागुन - नेपालगन्जमा पूर्ण खोप सुनिश्चितता र दिगोपनामा निरन्तरताका लागि कार्ययोजना तयार गर्न वडा वडामा कार्यशाला गोष्ठी भइरहेका छन् । युनिसेफको सहयोगमा नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाले सबै वडाका स्वास्थ्य केन्द्रहरुमा पुगेर कार्यशाला गोष्ठी गरिरहेको हो ।

वडा स्तरदेखि नै छुट बच्चाहरुको खोजी र खोप प्रदान गर्ने नियमित प्रक्रियाको विकास गर्ने उद्देश्यले कार्यशाला गोष्ठी गरिरहेको नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले बताए । नियमित खोप छुट बच्चाहरु, कारणको पहिचान र विश्लेषण गर्ने गरी कार्यशाला गोष्ठीबाटै कार्ययोजना बनाइरहेको चन्दले बताए । पूर्ण खोप कार्यक्रमको लागि महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुको क्षमता अभिबृद्धि गर्ने उद्देश्य पनि लिइएको जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले जानकारी दिए । वडास्तरमा वडा अध्यक्ष संयोजक रहने गरी बनेको खोप समन्वय समितिलाई अझ सक्रिय बनाएर अनुगमनका लागि उत्प्रेरित गर्ने उद्देश्य पनि रहेको बस्नेतको भनाई छ ।

No description available.

यसैक्रममा आज नेपालगञ्जको वडा नम्बर १६ र २२ कार्याशाला गोष्ठी गरिएको जनस्वास्थ्य निरीक्षक तेज वलीले बताए । स्वास्थ्य चौकीमा आयोजित कार्यशालामा वडा अध्यक्ष, वडा सदस्यहरु, स्वास्थ्य चौकी प्रमुख स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेविका, स्थानीय विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, शिक्षक प्रतिनिधि लगायत उपस्थित थिए । यसअघि वडा नम्बर ५, ६, ७, ८, १३, १४, १७, १९, २१ र २३ मा कार्यशाला गोष्ठी गरिसकिएको छ । 

No description available.No description available.

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech