बाँकेमा आज बिजोर नम्बरका सवारीसाधान मात्र चल्न पाईने
- सगरमाथा गन्तब्य
- शनि, साउन ३१, २०७७
-
|
11
SHARES
|
FacebookTwitterEmailMore |

बाँके ३१ साउन – जिल्ला प्रशासन कार्यालय बाँकेले शनिवारदेखि जोर विजोर नम्बरका गाडीहरु पालैपालो चलाउन पाउने व्यवस्था लागु गरेको छ । शनिवारदेखि सुरु गरेको जोर विजोर प्रक्रिया आजैदेखि लागु हुने जानकारी गराएको छ । आज बिजोर नम्बरका गाडी मात्र चलाउन पाईने जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार आजदेखि सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गरिएको हो ।
जिल्लामा कोरोना संक्रमणको जोखिम कायमै रहेकाले सामाजिक दुरि कायम राख्न जोरबिजोर प्रणाली लागू गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूम्वाङले जानकारी दिनुभयो । कुरूम्वाङका अनुसार आज नम्बर प्लेटको अन्तिममा १, ३, ५, ७ र ९ नम्बर रहेका सवारीसाधन मात्र संचालन गर्न पाईने जानकारी गराउनुभयो । प्रहरीले विहानैदेखि जोर विजोर गाडीलाई चेकजाँचमा कडाई गरिएको छ ।