२५ औं राष्ट्रिय स्वास्थ्य सेवा दिवसको अवसरमा भेरि अस्पताल परिसरमा स्वास्थ्य कर्मिहरुद्धारा सरसफाई

शाख न्यूज    प्रकाशित: २०७९-११-१५ गते   ४४४ पटक हेरिएको

नेपालगन्ज १५ फागुन - बाँकेका स्वास्थ्य कर्मिहरुले २५ औं राष्ट्रिय स्वास्थ्य सेवा दिवसको अवसरमा भेरि अस्पताल परिसरमा सोमबार सरसफाई गरेका छन्  । ‘दक्ष जनशक्ति, गुणस्तरीय स्वास्थ्य सेवा: निरोगी नेपाल निर्माणमा हाम्रो टेवा’ भन्ने नाराका साथ नेपालगन्ज सहित देशभर यो दिवस मनाइएको हो ।

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ बाँकेले भेरी अस्पताल नेपालगंज परिसरमा विहान सात बजे सरसफाई कार्यक्रम गरेको थियो । आम नागरिकलाई स्वास्थ्य सेवा प्रवाह गर्ने स्वास्थ्य संस्थाहरू पनि सफा सुग्घर हुनुपर्छ र  बिरामीको अत्यधिक चाप हुने भेरी अस्पताल परिसरमा सरसफाई कार्यक्रम गरिएको संगठनका अध्यक्ष राजन शाहीले जानकारी दिए ।

सो अवसरमा कार्यक्रममा भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. बद्री चापागाईं, स्वास्थ्य कार्यालय प्रमुख सुनिता पौडेल, संगठनका केन्द्रीय सल्लाहकार परिषदका अध्यक्ष राम बहादुर चन्द, संगठनका केन्द्रीय सदस्य प्रकाश गौतम, अर्जुन सुनार, शिवा शाह, प्रदेश कमिटी सहसचिव पारस जंग रावल, प्रसिद्व ढकाल लगायत स्वास्थ्यकर्मिहरूको उपस्थिति रहेको थियो । 

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech