मन्त्रालयद्धारा उपसचिव र अधिकृतहरु गरि २१ जनाको सरुवा

शाख न्यूज    प्रकाशित: २०७९-११-६ गते   ३६९ पटक हेरिएको

नेपालगन्ज - सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले  उपसचिव र अधिकृतहरु गरि २१ जनाको सरुवा गरेको छ। 

मन्त्रालयको सरुवामा  उपसचिव तेजनारायण यादवलाई थारु आयोग, विक्रमप्रसाद पाण्डेलाई  ठुलीभेरी नगरपालिका डोल्पा ,  विनोदकुमार दाहाललाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र  कृष्ण थापालाई मुसिकोट नगरपालिका रुकुम पश्चिम सरुवा गरिएको छ । 

त्यस्तै ओमकार शाहलाई गुलरिया नगरपालिका बर्दिया, धर्मानन्द जोशीलाई पोखरिया नगरपालिका पर्सा,  उपसचिव रेश्मीराज अर्याललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, लुम्बिनी, खिमबहादुर भुजेललाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा काज फिर्ता गरिएको छ । 

सिडिई पवन चन्दलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कर्णाली प्रदेश,  डा. कृष्णबहादुर घिमिरेलाई काठमाडौंस्थित तारकेश्वर नगरपालिका, विनयकुमार सोनुलाई सप्तरीस्थित डाक्नेश्वरी नगरपालिका,  राजन कँडेललाई पुथा उत्तर गङ्गा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत र सुर्खेतस्थित सिम्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटालाई राप्ती सोनारी गाउँपालिका बाँकेको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरिएको छ । 

त्यसैगरी शाखा अधिकृत विपिन क्षेत्रीलाई रुपन्देहीस्थित ओमसतिया गाउँपालिका,  सागर गौतमलाई लुम्बिनी प्रदेशस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ ।दिनेश सिंह ठाकुरलाई धनुषास्थित हंसपुर नगरपालिकोे प्रमुख प्रशासकीय अधिकृत, मनिष झालाई रौतहटस्थित माधवनारायण गाउँपालिकाकोे प्रमुख प्रशासकीय अधिकृत,  शेरबहादुर बुढालाई चुरे गाउँपालिका कैलालीमा पठाइएको छ । 

शाखा अधिकृत कोविद ढकाललाई ताप्लेजुङस्थित सिदिङ्वा गाउँपालिकामा  प्रमुख प्रशासकीय अधिकृत, पुण्य प्रसाद भट्टराईलाई बागमती प्रदेशस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ ।   

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech