काठमाडौं ३० साउन - काठमाडौं स्थित पाकिस्तानी दूतावास अगाडि बिरोध प्रदर्शन भएको छ । पाकिस्तानमा बौद्ध र हिन्दू मन्दिर भत्काएकोमा विरोध जनाउँदै राष्ट्रीय एकता अभियानका अभियन्ताहरुले आज दिउँसो काठमाडौ स्थित पाकिस्तानी दूतावास अगाडि बिरोध प्रदर्शन गरेका हुन् ।
'पाकिस्तानमा हिन्दु मन्दिरहरु किन भत्कायो ?’, ‘पाकिस्तानमा बौद्ध मुर्तिहरु किन तोड्यो ?’ लगायतका नारा सहित राष्ट्रीय एकता अभियानका अभियन्ताहरुले प्रर्दशन गरेका थिए । धर्म परिवर्तन गर्न जबरजस्ती गरिएको थियो त्यसैले बिरोध प्रदर्शनमा २५० जना भन्दा बढी युवाहरू सहभागी थिए । उनीहरूले पाकिस्तानमा अल्पसंख्यकहरुका विरुद्ध चलिरहेको अत्याचार, हिन्दू र बौद्ध मन्दिर विनाश र जबरजस्ती हिन्दु केटीहरुको धर्म परिवर्तनको विरोध गरेका थिए ।
यस बीच, प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गरेका छन् । प्रहरीहरुको समूहले उनीहरूले बोकेका ब्यानर खोसेका छन्।
.png)