नेपालगन्ज २ फागुन - स्वास्थ्य कार्यालय बाँकेले हात्तीपाइले रोग विरुद्ध आम औषधी खुवाउने अभियान - २०७९ सम्बन्धी मंगलबार जिल्लाका राजनीतिक दलका प्रतिनिधिहरु , जनप्रतिनिधिहरु संग नेपालगन्जमा अन्तरक्रिया गरिएको हो ।
उक्त अन्तरक्रिया कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति ज्ञानेन्द्र कुमार चौधरीको अध्यक्षता सम्पन्न भएको हो । हात्तिपाईलेको औषधी खुवाईनुपुर्व त्यसका बारेमा फैलिएका नकारात्मक भ्रमहरुलाई रोक्नुपर्ने सभापति चौधरीले बताए ।
हात्तीपाईले रोग विरुद्धको औषधी खुवाउने प्रक्रिया तथा तयारीका बारेमा आवश्यक छलफल तथा जानकारी गराउन जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम गरिएको थियोे ।
कार्यक्रममा स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेलले उपस्थितिलाई स्वागतका साथै कार्यक्रम सम्बन्धि जानकारी समेत दिएकी हुन । स्वास्थ्य कार्यालयले १३ औं चरण अन्तर्गत हात्तिपाईले रोग विरुद्धको औषधी राष्ट्रिय अभियानका रुपमा यही फागुन ११ गतेदेखि औषधी खुवाउने तयारी भईरहेको उनले बताएकी हुन ।
कार्यक्रममा स्वास्थ्य कार्यालय बाँकेकि फोकल पर्सन दुर्गा गौतमले हात्तीपाईले सरुवा रोग हो , यो रोग जुनसुकै ब्यक्तिलाई लाग्छ , ज्वरो आउनु, हातखुट्टामा निला काला धर्साहरु देखिनु, नसाहरु फुल्नु, दुख्नु, दिर्घकालिन लक्षणहरुमा खुट्टा सुन्निएर हात्तीपाईले हुनु लगायतका विभिन्न कुराहरुको जानकारी गराएकी हुन ।
२ बर्ष देखि ५ बर्ष उमेर समूकाले ,६ देखि १४ बर्ष उमेर समूहकाले र १५ बर्ष देखि माथि उमेर समुहकाले खान हुने र सुत्केरी आमा ,गर्भवती महिला, ७० बर्ष माथिका मुटु सम्बन्धि रोग लागेकालाई खुवाउन नहुने समेत फोकल पर्सन गौतमले बताएकी हुन ।
सो कार्यक्रममा राजनैतिक दलका प्रतिनिधिहरु, जनप्रतिनिधिहरु , बुद्धिजीवीहरु , समाजसेवीहरु , नेपाल पत्रकार महासंघ बाँके शाखाका सचीव कमल डाङ्गी, स्वास्थ्य कार्यालय बाँकेका कर्मचारीहरु लगायतको सहभागिता रहेको थियो ।