नेपालगन्ज २३ माघ - दोस्रो अन्तर्राष्ट्रिय हाप्किडो सेमीनार तथा सातौं राष्ट्रिय हाप्किडो च्याम्पियनसिप शनीबार काठमाण्डौमा सुरु भएको थियो । माघ २१ र २२ गते २ दिन सम्म भएको थियो ।
सेमिनारको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले एक कार्यक्रमका विच उद्घाटन गरेका थिए । सो अवसरमा ग्लोबल हाप्किडोका अध्यक्ष ग्रान्डमास्टर हि क्वान ली, अन्तरराष्ट्रिय हाप्किडो महासंघका अध्यक्ष ग्रान्डमास्टर गेरहार्ड अग्रिन्ज र नेपालका लागि कतारका राजदुत युसुफ बिन मोहम्मद अल हेलको समेत सहभागिता रहेको थियो ।
नेपाल हाप्किडो संघका अध्यक्ष कालीबहादुर घर्ती मगरको अध्यक्षतामा कार्यक्रम भएको थियो । सेमिनारमा ली, हग्रिन्ज र मगरले प्रशिक्षण दिएका थिए । सेमिनारमा नेपाल भारत, पाकिस्तान, बंगलादेश, माल्दिभस, रुस र दक्षिण कोरियाको प्रतिनिधीत्व रहेको थियो ।
प्रतियोगितामा फाइट र सेल्फ डिफेन्स डेमोन्सट्रेसन समावेश छन् । दुई दिने प्रतियोगितामा सात वटै प्रदेशका कुल ७ सय खेलाडीको सहभागिता रहेको अध्यक्ष मगरले जानकारी दिए ।
सेमिनारमा नेपाल, भारत, पाकिस्तान, बङ्गलादेश, रुस र दक्षिण कोरियाको प्रतिनिधीत्व थियो ।
यसै गरी सातौँ राष्ट्रिय च्याम्पियनसिपमा लुम्बिनी पहिलो, बागमती दोस्रो र कर्णाली प्रदेश तेस्रो भए । पुरुष तर्फका बागमतीका रबिन तामाङ तथा महिलामा कर्णालीकी सलिना परियार उत्कृष्ट खेलाडी भए । डेमोन्सट्रेसनमा बाग्मती पहिलो, कर्णाली दोस्रो तथा गण्डकी तेस्रो भएका छन ।
बाँके जिल्ला हाप्किडो संघका प्रमुख प्रशिक्षक रबि सुनारको नेतृत्वमा महिला तर्फ ५ जना र पुरुष तर्फ ८ जना गरि जम्मा १३ जना खेलाडीहरुले सहभागिता जनाएका थिए ।
उक्त खेलमा महिला तर्फ शान्ती पौडेल , बिनिता के.सि. , सन्चिता के.सि., पुजा चौधरी , सीता बि.सि. र पुरुष तर्फ मुनाल रसाइली , जीवन सुनार , आयुस चौधरी , रबि ठकुरी , चित्र सुनार ,सुमित के.सि. , समीर वलि , निरज डांगि लगायतका खेलाडी बाँकेबाट सहभागी भएको प्रशिक्षक रबि सुनारले जानकारी दिएका छन् ।
सो प्रतियोगितामा बाँके बाट महिला तर्फ ४८-५२, ३६- ४० तौल समुहमा प्रथम शान्ति पौडेल र सन्चिता के.सि. दित्तिय स्थान हात पारिन । त्यसै गरि पुरुष तर्फ ४८-५२ तौल समूहमा आयुस चौधरी प्रथम भएका थिए भने ५२-५६ , ४८-५२, २०- २४, तौल समुहमा मुनाल रसाइली , जीवन सुनार , निरज डांगि तृतीय स्थानमा बिजयी भएको प्रशिक्षक सुनारले बताएका छन । बिजय भएका सम्पूर्ण खेलाडीहरुले मेडल तथा सम्मान पत्र प्राप्त गरेका थिए ।
बाँकेबाट माघ १९ गते शुक्रबार प्रतिस्पर्धामा भाग लिन काठमाडौं गएका थिए भने माघ २३ गते आइतबार नेपालगन्ज पुगेका थिए । आइतबार बिजय भएका खेलाडीहरुलाइ नेपालगन्जमा सम्मान गरिएको थियो । नेपाल पत्रकार महासंघ बाँके शाखाको सभाहलमा सम्मान गरिएको थियो । नेपाल युवा क्लवको आयोजनामा बिजयी भएका खेलाडीहरु लगायत प्रतिस्पर्धामा सहभागी भएका सम्पूर्ण खेलाडीहरु लाई केन्द्रिय अध्यक्ष मो. मोहसिन हलवाईद्वारा सम्मान गरिएको थियो ।