काठमाडौं २२ माघ - राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) का मन्त्रीहरूले आज साझँ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका छन् ।
रास्वपाबाट सरकारमा गएका शिक्षा मन्त्री शिशिर खनाल , श्रम मन्त्री डोलप्रसाद अर्याल र स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीले प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर राजीनामा दिएका हुन् ।
रास्वपा सरकारबाट बाहिरिए पनि सरकारलाई दिएको समर्थन भने कायमै राखेको जनाएको छ।