राजापुरमा १५ औं राष्ट्रपती रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिताको उद्घाटन

शाख न्यूज    प्रकाशित: २०७९-१०-१६ गते   ३५२ पटक हेरिएको

बर्दिया  १६ माघ -  लुम्बिनी प्रदेश मन्त्री कृष्णा केसी (नमुना) द्वारा  मेयर कप तथा  १५ औं राष्ट्रपती रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिताको उद्घाटन गरिएको छ । 

बर्दियामा सोमबार चौथों  राजापुर नगर स्तरीय अन्तर विद्यालय मेयर कप तथा १५ औं राष्ट्रपती रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्रीलाई विश्वासको मत दिएका दलहरुसँग छलफल भइरहेकोले मन्त्रिपरिषद् विस्तारमा केही ढिलाई भएको बताएकि छिन ।  मन्त्रालय भागबण्डाका विषयमा दलहरुबीच सहमती भइसकेको मन्त्री केसीले जानकारी दिइन ।

आफुले जुनसुकै मन्त्रालय पाएपनि राजापुरको विकासका लागि नगरपालिकासँग सहकार्य र समन्वय गरेर काम गर्ने उनले प्रतिवद्धता समेत जाहेर गरिन ।
‘केही दिनमा प्रदेश सरकारले पूर्णता पाएसँगै मेरो मन्त्रालयको जिम्मेवारी समेत तोकिन्छ’ विना विभागीय मन्त्री केसीले भनिन । 

कार्यक्रममा बोल्दै खेलकुदसँगै शिक्षा समेत आवश्यक रहेकोले दुवैलाई विद्यार्थीहरुले सँगसँगै अगाडि बढाउनुपर्ने  मन्त्री केसीले बताइन् । 

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech