सुर्खेत २७ साउन - कर्णाली प्रदेश सरकारका मन्त्रीहरुले कार्य सम्पादनका लागि मुख्यमन्त्री महेन्द्र बहादुर शाही सँग करार सम्झौता गरिएको हो। मंगलवार आयोजित पत्रकार सम्मेलनमा करार सम्झौता गर्नेमा कर्णाली प्रदेश सरकारका ५ जना मन्त्रीहरु रहेका थिए ।
मुख्यमन्त्री शाहीसँग करार सम्झौताका लागि आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी, सामाजिक विकास मन्त्री दल रावल, उद्योग पर्यटन बन, तथा वातावरण मन्त्री नन्दसिङ बुढा, भूमि व्यावस्था कृषि तथा सहकारी मन्त्री विमला के.सी. लगायत मन्त्रीहरुले सम्झौता गर्नु भएको हो ।
कामको बारेमा गरेको प्रतिबद्धता भएकोले सरकारका काम र योजनाहरुको छनौट तथा कार्यन्वनमा समस्या नहुने मुख्यमन्त्री शाहीले बताउनु भएको थियो । अबको ७ दिन भित्र मन्त्रीहरु र सचिव विचमा पनि कार्य सम्पादन करार सम्झौता गर्ने तयारी गरेको जानकारी दिनुभयो । यसै गरी विभागिय प्रमुख र फिल्ड स्थरका कर्मचारीहरु विच पनि कार्य सम्पादन करार सम्झौता हुने मुख्यमन्त्रीले शाहीले बताउनुभयो ।