तटबन्ध कटान गर्दा राजापुर क्षेत्रका स्थानीयवासि उच्च जोखिममा

शाख न्यूज    प्रकाशित: २०७७-४-२७ गते   ८०३ पटक हेरिएको

बर्दिया,  २७ साउन -  कर्णाली नदीले तटबन्धन कटान गर्दा बर्दियाको राजापुर क्षेत्र नै जोखिममा परेको छ।
राजापुर नगरपालिका बडा नं ३ को तिघ्रा गाउँ भन्ने स्थानमा कर्णाली नदी नियन्त्रण आयोजना द्वारा निर्माणाधीन रहेको  करिब ५ सय मिटर तटबन्धनमा कर्णाली नदिले क्षति पुर्याउनुका साथै  राजापुर बजार र तिघ्रा गाउँ नै उच्च जोखिममा रहेको हुनाले स्थानीयवासी त्रसित भएका छन । जस्ले गर्दा बर्सेनि स्थानीयवासिहरु निराश हुने गरेका छन । केहि दिन यता परेको अविरल बर्षाका कारण कर्णाली नदीमा पानीकोे बहाव उच्च भएकाले नदीले तटबन्धको झण्डै ९० प्रतिशत भाग भत्काएको छ । नदिको चौडाइ कम भएको र नदिको बहाब तीब्रगतिमा बढीरहेको छ ।
पहाडि जिल्लाहरुमा भारि बर्षाका कारण कर्णाली नदीको बहाब बढिरहेकोले गर्दा निर्माण गरिएको तटबन्ध पनि भत्किएको छ । त्यसैले तटबन्ध समेत भत्किएकाले स्थानीयवासिहरुले उच्च सतर्कता अपनाउनु पर्ने जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रशासनिक अधिकृत गणेश विक्रम शाहले आग्रह गर्नुभयो । कर्णाली नदीको तटबन्ध (बाँध) फुट्ने खतरा बढेकोले  पानी जुनसुकै बेला बस्तीमा पस्न सक्ने र जोखिम उच्च रहेको भन्दै जिल्ला प्रशासन कार्यलय बर्दियाले राजापुर नगरपालिकाका-३, ४ र ७ का स्थानीय बासिन्दाहरुलाई सुरक्षित स्थानमा बस्न आग्रह समेत गर्नुभयो ।  नदीले कटान गरेको क्षेत्रमा अस्थायी तटबन्धको व्यवस्था मिलाउन कर्णाली नदी व्यवस्थापन आयोजनालाई  शाहले निर्देशन दिनुभयो ।
उहाँ भन्नुहुन्छ - समयमै जोखिम न्यूनीकरणको लागि हामी सबै एकताबद्ध भएर अगाडि बढेमा फाइदा हुनुका साथै  नदि नियन्त्रणका लागी  प्रयास जारी रहेको छ । सो नदि बस्ति भित्र पसेमा करिब ३ हजार घर विस्थापित हुने भएकाले सम्पूर्ण  स्थानीयवासिहरुले सतर्कता अपनाएमा जोखिममुक्त हुने  बताउनुभयो।
गुलरिया स्थित अहिले उक्त स्थानमा  नेपाली सेनाको भैरव प्रसाद गण, जनपथ प्रहरी ,सशस्त्र प्रहरी र जनप्रतिनीधि लगायत  स्थानीयवासिहरु अस्थायी तटबन्ध निर्माणकार्यमा जुटेका छन् ।नदिले तटबन्धन भत्केकाले नदि गाउँ पस्ने सम्भावना रहेको कर्णाली नदी नियन्त्रण आयोजना राजापुर का प्रमुख महेश मण्डलले बताए। नदि किनार नियन्त्रणका लागि बोरामा माटो भरेर कटान रोक्ने प्रयास जारी रहेको समेत मण्डलले जानकारी दिनुभयो । 

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech