देशभर माघे संक्रान्ति पर्व धुमधामका साथ मनाइँदै

शाख न्यूज    प्रकाशित: २०७९-१०-१ गते   ३६३ पटक हेरिएको

नेपालगन्ज - आज देशैभर माघे संक्रान्ति पर्व मनाइँदैछ । आज खासगरी थारु समुदायले विशेष रुपमा  मनाउने यो पर्व अहिले सबैतिर मनाइन्छ ।

सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर अर्थात माघे सङ्क्रान्ति भन्ने गरिन्छ । थारु समुदायले भने माघीलाई नयाँ वर्षको रुपमा मनाउने गर्छन् । यसैले आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडी लगायतका स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड लाग्छ । 

यी ठाउँमा पनि आज मेला समेत लाग्ने गर्छ । धर्मसिन्धुमा माघ १ मा घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने विश्वास गरिन्छ । आज बिशेष गरेर दाङ ,बाँके र बर्दियामा थारु समुदायले माघे संक्रान्ति धुमधामका साथ मनाउँछन् ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech