जमुनाहनाकाबाट १ लाख भन्दा बढीको अबैध सामान बरामद

शाख न्यूज    प्रकाशित: २०७९-९-२९ गते   ४७५ पटक हेरिएको

प्रेम सिंह एस.के . 
नेपालगन्ज २९ पुस - नेपालगन्जको जमुनाह नाकाबाट शुक्रबार अबैध सामग्री बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय जमुनाहको कमान्ड समाहाले पछि विभिन्न खालका तस्करहरुको निद्राहराम हुन थालेको छ । 

बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं.१५
स्थित इलाका प्रहरी कार्यालय जमुनाहाले अबैध रुपले भन्सार छली गरेर ल्याउदै गरेको अबैध सामान बरामद गरिएको हो । 

प्रहरी कार्यालय जमुनाहा बाट को खटिएको टोलिले चेकजाँच गर्नेक्रममा विभिन्न समय  शुक्रबार चिनी ३ बोरा , सेलो पेन १० कार्टुन , सुपरपावर सुर्ती १ सय ,  जेन्स सुट ६ थान , भेली ८० के.जि. , लेडिज ऊनी सुट १४ पिस , पिठो २ बोरा लगायत  अनुमानित १ लाख १२ हजार ९ सय बराबरको अबैध सामान बरामद गरिएको हो । बरामद गरिएको अबैध सामान जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाइएको इलाका प्रहरी कार्यालय जमुनाहका प्रहरी प्रमुख इन्चार्ज  पुरण बिक ले जानकारी दिएका छन । 

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech