अत्यधिक चिसो र शितलहरका कारण क्याम्पसद्वारा ६ दिन बिदा

शाख न्यूज    प्रकाशित: २०७९-९-२७ गते   ३२३ पटक हेरिएको

चन्द्र प्रसाद शर्मा 

नेपालगन्ज २७ पुस - बाँकेको नेपालगन्ज स्थित मध्यपश्चिम बहुमुखी क्याम्पसले अत्यधिक चिसो र शितलहरका कारण ६ दिन सम्मका लागि क्याम्पस बिदा दिइएको छ । जसले गर्दा पठनपाठन बन्द गरिएको छ । 

क्याम्पसमा ब्यवस्थापन संकाय , शिक्षा शास्त्र संकायमा अध्यनरत विद्यार्थीहरु लगायत अध्यापनरत सम्पूर्ण प्राध्यापकहरु र कर्मचारीहरुमा अत्याधिक चिसो र माघी पर्वको अवसरमा जाडो बिदा दिएको छ । 

केही दिनदेखि बढेको अत्याधिक चिसोका कारण विद्यार्थीहरुको स्वास्थ्यमा समस्या आउन सक्ने र विद्यालयमा पठनपाठन प्रक्रियामा असहज वातावरण हुने भएपछि पुस २८ गतेदेखि माघ ३  गतेसम्म बिदा दिइएको क्याम्पस प्रमुख भगत बहादुर नेपालीले बताएका छन् ।

गाउँपालिका अन्र्तगतका सम्पुर्ण सामुदायिक विद्यालय, मदरसा, गुरुकुल र बालविकास तथा संस्थागत विद्यालयहरु समेत बन्द गरिएका छन ।  

क्याम्पस प्रमुख नेपालीले सूचना जारी गरी क्याम्पस  बन्द गर्ने निर्णय भएको जानकारी दिएका हुन  । 

साथै सार्वजनिक बिदाका दिन बाहेक अन्य दिन हरुमा परिक्षा फार्म, विद्यार्थी भर्ना एवम् शिक्षण शुल्क, भुक्तानी आदि  कार्यका लागि प्रशासन शाखा खुला हुने जानकारी दिएका छन । 

माघ ४ गते पूर्ववत अनुसार कक्षा संचालन हुने समेत सूचनामा उल्लेख गरिएको छ । 

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech