जाडोमा न्यानो होस भनि ७० जनालाई ज्याकेट वितरण

शाख न्यूज    प्रकाशित: २०७९-९-२६ गते   २८० पटक हेरिएको

कपिलवस्तु - कपिलवस्तु स्थित  कृष्णनगर नगरपालिका बाट संचालन रहेको अप्सरा मिडिया प्रा. लि. ले कृष्णनगरमा मंगलबार गरिब असहाय लाई जाडोमा न्यानो होस भन्ने उद्देश्य का साथ ७० जनालाई ज्याकेट वितरण गरिएको छ l

कृष्णनगर नगरपालिका वडा नं २ मा रहेको अलहुदा पब्लिक स्कूलको हलमा सो ज्याकेट वितरण गरिएको छ l

दिन प्रतिदिन बढ्दै गएकाले गरिब, असहा तथा एकल परिवार रहेका व्यक्ति लाई ज्याकेट वितरण गरिएको तथा सो ज्याकेट बाट जाडोमा न्यानो हुने विश्वास  अप्सरा मिडिया प्रा. लि. का अध्यक्ष संचार कर्मी शहबाज खान ले बताए l

ज्याकेट पाउदा आफू हरू खुसी भएको तथा यस्ता गरिब र असहाय लाई सहयोग गर्ने व्यक्ति थोरै मात्र रहेकाले आयोजक लाई हार्दिक धन्यवाद दिए l

उक्त ज्याकेट वितरण कार्यक्रममा मोहम्मद मुस्लिम, अमन खान, अनिसुर रहमान, कादिर खान, इन्जीनियर शइद अकतर, आमिर खान, अनेक पाण्डे, निरहु यादव, कमलेश चन्द गुप्ता लगायतको उपस्थित रहेको थियो l (साभार: खोजतलास खबर बाट)

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech